१ जेष्ठ २०८१, मंगलबार

कपिलवस्तुमा संक्रमितको संख्या ३३४ पुग्यो, आज मात्रै १७ जना थपिए

प्रकाशित मिति :  2 June, 2020 1:28 pm


कपिलवस्तु, २० जेठ ।

कपिलवस्तुमा पनि थप १७ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३३४ पुगेको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज कोरोना संक्रमित भेटिएका मध्य शिवराज नगरपालिका वाड नं. ३ का २०,२३,२४ वर्षका पुरुष, वाड नं. ४ का १८,४२ का पुरुष ,वाड नं. ५ का २४,२८ वर्षका महिला २ जना र २१,३० पुरुष, वाड नं. ६ मा १९ कि महिला , वाड नं. ८ का २८ क पुरुष , वाड नं. १० का १७ वर्षका पुरुष १ जना र वाड नं. ११ का १७,२३,२९ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै वाडगगा नगरपालिकाका वाड न ४ १६ वर्षका पुरुष र महाराजगन्ज नगरपालिकाका वाड नं. १० का २८ वर्षका का पुरुष १ जनामा संक्रमण देखिएको छ । आज मात्रै सुर्खेत, सल्यान र अछामका गरी २९ जना तथा पर्वतमा ५ र स्याङ्जामा ५ जना संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !