१० चैत्र २०८१, सोमबार

गोरुले हान्दा दाङमा वृद्धको मृत्यु

प्रकाशित मिति :  26 February, 2025 11:09 am


दाङ । गोरुले हान्दा दाङमा वृद्धको मृत्यु भएको छ। जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-१७, जमेरा निवासी ७१ वर्षिय गहचा चौधरीको बुधबार बिहान निधन भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार मंगलबार साँझ करिब ४:४५ बजे चौधरी गोरुलाई पानी खुवाउने क्रममा अचानक गोरुले हान्दा गम्भीर घाइते भएका थिए।

ढाड, पेट र दुवै हातमा चोट लागेका उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो । उपचारपछि मंगलबार राति नै उनलाई घर फर्काइएको थियो । तर, घाइते चौधरीको बुधबार बिहान ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !