१० चैत्र २०८१, सोमबार

यो समय राजा र दुर्गा प्रसाईको होः प्रसाईँ

प्रकाशित मिति :  7 March, 2025 2:44 pm


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी आउँदाे फागुन २५ गते शान्तिपूर्ण आन्दोलन गर्दै राजालाई पुनस्र्थापनाको लागि अगाडि बढन जनतालाई आव्हान गरेका छन् ।

विगतदेखि आफूले चलाएको आन्दोलनको बलमै राजा ज्ञानेन्द्रको पक्षमा जनलहर जागेको दाबी गरे ।

शुकवार आफनै निवास भक्तपुरमा पत्रकारसम्मेल गर्दै यो युग आफू र राजाको रहेको दाबी गरेका हुन् ।

उनले आफ्नो अभियानमा साथ दिएमा सत्तामा पुगेपछि प्रहरीको न्युनतम तलब एक लाख पु-याउने बताए ।

अभियन्ता प्रसाईँले आफूले चलाएको अभियानले व्यवसायी र नेपाली नागरिकलाई लाभ पुगेको जनाएका छन् ।

राजाले गत फागुन ७ गते आफूलाई साथ दिन आव्हान गरेकाले अब राजतन्त्र पुनस्र्थापनाको लागि अभियान सफल हुने दाबी उनको छ ।



प्रतिक्रिया दिनुहोस !