गण्डकी कोटीहोमः महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त
प्रकाशित मिति : 7 March, 2025 3:49 pm

काठमाडौँ। कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । पोखरा महामनगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको दाबी गर्दै आएको छ ।
अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो । आज तय भएको साइतमै भूमिपूजा गर्न लागेको र त्यसलाई नगर प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।
झडपपछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ । झडपका क्रममा कोटीहोम पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ ।
—न्युज एजेन्सी नेपाल