१० चैत्र २०८१, सोमबार

म कसैको गोठालो हैन, राजासँग सहकार्य हुन्छ खेतालासँग हुँदैनः प्रसाईँ

प्रकाशित मिति :  11 March, 2025 10:56 am


काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले राप्रपा लगायतका राजावादी पक्षलाई खेतालाको संज्ञा दिएका छन् । राजतन्त्रको पक्षमा भएको प्रदर्शनमा अग्रणी भूमिकामा अगाडि बढेका प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहलाई उनका सचिवालय र खेतालाले गलत सल्लाह दिएको बताए ।

आफ्नै निवासमा पत्रकारसम्मेलन गर्दै उनले राजाको नेतृत्वमा हुने अभियानमा आफू सहभागी हुने तर राप्रपा वा अरु कुनै पार्टीका नेताहरुसँग सहकार्य गरेर अभियानमा नलाग्ने बताएका छन् ।

“मँ नेपाली नागरिक, राजसंस्था र हिन्दू राज्यका लागि आन्दोलन सुरु गरेको हुँ, लगातार तीन वर्षदेखि लागिरहेको छु,” उनले राप्रपा लगायतका नेतालाई लक्षित गर्दै भने, “गणतन्त्रको भोज खाएर राजसंस्थाको वकालत गर्ने अरु संसदहरुजस्तो नाटक गर्दिन ।”

राप्रपाले गर्दा राजाले गद्दी छाड्न परेको दाबी उनको छ । अहिले माहौल बनेपछि राजाको पक्षमा लागेर धमिलो पानीमा माछा मारेको आरोप लगाए ।

महानगरपालिकामा पैसा तिरेर आन्दोलन आफूले गरेको सन्देश दिएपछि राप्रपाप्रति रुष्ट बनेका हुन् ।

राप्रपाले नेतृत्व गर्ने भनेको राजावादीहरुको आन्दोलनमा आफू सहभागी नहुने जनाएका छन् । उनले भने, “मँ खेतालासँग मिलेर काम गर्दिँन, सिधै राजाको नेतृत्वमा भने अगाडि बढ्छु ।”

फागुन २५ को जनप्रदर्शनपछि राजावादीहरु फुटमा छन् ।

प्रसाईँले रबि लामिछानेसँग मिलेर जान सकिने संकेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !