६ जेष्ठ २०८१, आइतबार

स्थानीय प्रशासनलाइ गृहकाे निर्देशन, ‘तरकारी ढुवानी अवराेध गर्नेमाथि कडा कारबाही गर्नू’

प्रकाशित मिति :  4 June, 2020 7:56 pm


काठमाडाैं, २२ जेठ ।

गृह मन्त्रालयले विभिन्न जिल्लामा तरकारी, फलफूल लगाएतका कृषि उपज ढुवानीमा अवराेध पुर्याउने, फ्याँक्ने लगाएतका गतिविध गर्ने माथि कडा कारवाही गर्न मातहतका निकायलाइ निर्देशन दिएकाे छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र मन्त्रालय मातहतका निकायलाइ कसैले अत्यावस्यक वस्तु नष्ट गर्नेसम्मकाे नियम विपरितकाे कार्य गरेमा ‘प्रचलित कानून बमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्‍न’ निर्देशन दिएकाे हाे ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी फलफूल लगायतका कुनै पनि आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र विक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नभएको स्पष्टाेक्ति मन्त्रालयकाे छ ।

‘नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरु उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भैरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानून विपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जोकोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने व्यहोरा पनि जानकारी गराइन्छ,’  विज्ञप्तिमा भनिएकाे छ ।

मन्त्रालयले कोभिड-१९ संक्रमणको जोखिमबाट नागरिकहरुको रक्षाका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत्र ०९ गतेको निर्णय त्यसयता पनिआवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी, भण्डारण र बिक्री वितरण, आवश्यक वस्तुहरुको सहज आपूर्ति जारी राख्ने सम्बन्धमा गरेकाे निर्णय बमाेजिम नै चल्ने प्रतिवद्धता जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !