स्ववियु अपडेट : लुम्बिनी प्रदेशका ३४ क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन

दाङ । लुम्बिनी प्रदेशभित्र रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ ।
प्रदेशभरका ९५ क्याम्पसमध्ये ३४ क्याम्पसमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । विभिन्न विद्यार्थी संगठनहरूका उम्मेदवारहरू सहज रूपमा निर्वाचित भएका छन् ।
प्रदेशका १२ क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियु, १५ क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ, ४ क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), २ क्याम्पसमा विप्लव नेतृत्वको अखिल (समाजवादी) र १ क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।
अनेरास्ववियुका उम्मेदवार निर्वाचित क्याम्पसहरू
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवारहरू पाल्पा, गुल्मी, रुपन्देही, बर्दिया र दाङका १२ क्याम्पसमा निर्विरोध चयन भएका छन् । यसअन्तर्गत दर्छा रामपुर क्याम्पस, माण्डव्य क्याम्पस, उद्बुद्ध कलेज (पाल्पा), दिवाङ आदर्श बहुमुखी क्याम्पस (गुल्मी), देवदह बहुमुखी क्याम्पस (रुपन्देही), बर्दिया बहुमुखी क्याम्पस (बर्दिया) तथा पद्मोदय क्याम्पस, दाङभ्याली कलेज, पुरन्धारा बहुमुखी क्याम्पस, कलेज अफ लाइफ साइन्स, स्वर्णिम कलेज (दाङ) समावेश छन्।
नेविसंघका उम्मेदवार निर्वाचित क्याम्पसहरू
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरू गुल्मी, बर्दिया र दाङका १५ क्याम्पसमा निर्वाचित भएका छन् । चन्द्रकोट बहुमुखी क्याम्पस, मानका टीकाराम ब. क्याम्पस, रुरु संस्कृत विद्यापीठ, जनज्योत बहुमुखी क्याम्पस, सत्यवती बहुमुखी क्याम्पस, रेसुंगा बहुमुखी क्याम्पस (गुल्मी), महेन्द्र बहुमुखी क्याम्पस (दाङ), चुरे क्याम्पस, सदाशिव बहुमुखी क्याम्पस (बर्दिया), अम्बिकेश्वरी क्याम्पस, भिक्टोरिया कलेज, पृथु टेक्निकल कलेज, सिद्धपृथ्वी क्याम्पस, गोरखा कलेज तथा ज्ञानदीप कलेज (दाङ) नेविसंघबाट निर्वाचित भएका छन् ।
अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्वाचित क्याम्पसहरू
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले दाङका ४ क्याम्पसमा जित हासिल गरेको छ। राप्ती इञ्जिनियरिङ कलेज, मार्क कलेज, मेट्रो कलेज र ज्ञानसिन्धु कलेजमा क्रान्तिकारीको नेतृत्व चयन भएको हो ।
अखिल (समाजवादी) का उम्मेदवार निर्वाचित क्याम्पसहरू
नेकपा (विप्लव) निकट अखिल (समाजवादी) विद्यार्थी संगठनले २ क्याम्पसमा जित हासिल गरेको छ । दाङस्थित राप्ती शिक्षा क्याम्पस र भिएन कलेजमा सो संगठनका उम्मेदवार निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन निर्वाचित क्याम्पस
राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले दाङको दीपशिखा कलेजमा नेतृत्व पाएको छ।