२० बैशाख २०८१, बिहिबार

विदेशबाट नेपालीलाई आजदेखि फर्काउन सुरु,मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली

प्रकाशित मिति :  5 June, 2020 8:07 am


काठमाण्डौं, २३ जेठ ।

कोरोनाका कारण विदेशमा अप्ठ्यारो परेका नेपाली नागरिकलाई सरकारले आजदेखि स्वदेश फर्काउन सुरु गर्दै छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार आवश्यक तयारी पूरा भएपछि आजदेखि नेपालीलाई स्वदेश फर्काउन लागिएको हो । आज पहिलो खेपमा संयुक्त अरब इमिरेट्सबाट नेपाली आउँदैछन् ।

यसैगरी म्यान्मारमा रहेका केही नेपाली नागरिक पनि आजै स्वदेश आउँदैछन् । सरकारले विभिन्न देशमा अप्ठेरो अवस्थामा रहेका करिव २५ देखि ३० हजार नागरिकलाइ स्वदेश फर्काउने तयारी गरेको छ ।

तर मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएइमा १८ हजार, कतारमा आठ हजार चार सय, मलेसियामा ६ हजार दुई सय, साउदी अरेबियामा ६ हजार पाँच सय, बहराइनमा तीन सय र ओमनमा सात सय जनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको गैरआवासीय नेपाली संघ एनआरएनले सङ्घले जनाएको छ ।

नेपालीलाई स्वदेश फर्काउने कार्यमा संघले आवश्यक सहजीकरण गर्ने जनाएको छ । परराष्ट्र मन्त्रालय, विभिन्न देशमा रहेका नेपाली दूतावास र एनआरएनए र राष्ट्रिय समन्वय समिति –एनसिसीसंगबीच समन्वयमा विदेशमा रहेका नेपालीलाई आजदेखि स्वदेश फर्काउन शुरु गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !