७ बैशाख २०८१, शुक्रबार

गोरखापत्र संस्थानका महाप्रबन्धकसहित ४ जनाविरूद्ध भ्रष्टाचारको मुद्धा दायर

प्रकाशित मिति :  5 June, 2020 4:06 pm


काठमाण्डौं, २३ जेठ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित ४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

शुक्रबार अख्तियारले चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँका दरले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्यायसहित पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपक कुमार भन्सालीविरूद्ध मुद्दा दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोप उनीहरुमाथी छ ।

संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीलाई ४ देखि ६ वर्ष सम्मको कैद र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको मागदाबी गर्दै अख्तियारले  भ्रष्टाचार गरेको रकम जफत गर्न र सोही बराबर जरिवाना तिराउन अख्तियारले माग गरेको छ।



प्रतिक्रिया दिनुहोस !