१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा थप १७ लाई कोरोना संक्रमण

प्रकाशित मिति :  6 June, 2020 7:41 am


काठमाडौं, २४ जेठ ।

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान विज्ञप्ति जारी १७ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्य स्याङ्जाको वालिङ् नगरपालिकामा १०, हरिनास गाँउपालिकामा २, बागलुङको ताराखोरा गाँउपालिकामा १, कास्कीको रुपमा गाँउपालिकामा २ र पोखरा महानगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाँउपालिकामा ३ जना संक्रमित भेटिएका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !