२३ बैशाख २०८१, आइतबार

रोल्पाको रुन्टिगढी गाँउपालिकाद्धारा कोभिड विशेष कृषि कार्यक्रम सुरु

प्रकाशित मिति :  6 June, 2020 11:51 am


रोल्पा, २४ जेठ ।

रोल्पाको रुन्टिगढी गाँउपालिकाले कोभिड विशेष कृषि कार्यक्रमका लागि असार ४ गतेभित्र प्रस्ताव पेश गर्न गाँउपालिका भित्रका किसानलाई आग्रह गरेको छ ।

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम अनुसार कार्यक्रम सुरु गरेको हो । रुन्टिगढी गाँउपालिकाले सूचना जारी गर्दै गाँउपलिकाको कृषि र पशु सेवा कार्यालयमा प्रस्ताव पेश गर्न भनेको छ ।

गाँउपालिकाले कोभिड लक्षित व्यवसायिक तरकारी खेति प्रर्वद्धन कार्यक्रम अन्तर्गत १ सय १७ जना कृषिकलाई प्रति कृषक २० हजार रुपैयाँ उपलब्ध गराउने छ । यस अन्तगर्त प्रति कृषक कम्तिमा २ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्नुपर्ने छ । त्यस्तै विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम अन्तर्गत २० हजार रुपैयाँ प्रति कृषक १ सय जनालाई उपलब्ध गराउने गाँउपालिकाले जानकारी गराएको छ ।

यसमा प्रति कृषक कम्तिमा ३ देखि ५ कट्ठामा तरकारी खेती गर्नुपर्ने छ भने मौरिपालनको हकमा कम्तिमा ३ घर, च्याउ खेतीको हकमा कम्तिमा ५० गोला,कुखुरा पालनको हकमा कम्तिमा ५० चल्ला, बंगुर तथा बाख्रा पालनको हकमा कम्तिमा ५ वटा पाठापाठी पालेको हुनुपर्ने सर्त राखिएको छ ।

बालि उत्पादन र उत्पादकत्व बृद्धिका लागि बीउ उत्पादक कृषक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत प्रति रोपनी १ हजार रुपैयाँका दरले अनुदान रुकम उपलब्ध गराउने छ । यस कार्यक्रम अन्तर्गत धान,मर्क,गहुँ,आलु र तरकारी बीउ उत्पादन गर्ने कृषकले पाउने गाँउपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !