१५ चैत्र २०८०, बिहिबार

मृत्युपछि मात्रै कोरोना पुष्टि हुने क्रम रोकिएन, डोल्पामा मृत्यु भएका पुरुषको रिपोर्टपनि पोजेटिभ

प्रकाशित मिति :  6 June, 2020 2:07 pm


काठमाडौं, २४ जेठ ।

नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।   डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।

मृत्युपछि मात्रै कोरोना संक्रमणको पुष्टि हुनेक्रमपनि रोकिएको छैन । धेरैजसोको मृत्युपछि मात्रै कोरोना संक्रमणको पुष्टि हुने गरेको छ । यो क्रम दोहारिन थालेपछि अलोचना बढ्न थालेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज प्रेस विज्ञप्ति निकालेर मृत्यु भएका ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको जानकारी गराएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ पुगेको छ।

सुर्खेतमा बस्दै ती पुरुष गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरमा क्वारेन्टाइनमा बसेकै बेला जेठ २० गते उनको मृत्यु भएको थियो । मृतकको अन्त्यष्टि गरिसकिएको छ भने उनको सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू भएको छ ।



प्रतिक्रिया दिनुहोस !