२ जेष्ठ २०८१, बुधबार

गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  7 June, 2020 7:39 am


कास्की, २५ जेठ ।

गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ प्रदेशभित्र ३८ जना कोरोना संक्रमित भेटिएका हुन् ।

संक्रमित मध्य स्याङ्जाको वालिङ नगरपालिकामा १३ जना, र भिरकोट नगरपालिकामा १ जना,बागलुङ्को बडिगाड गाँउपालिकामामा ८ जना र ढोरपाटन नगरपालिकामा २६ जना,गोरखाको पालुङटार नगरपालिकामा १ जना र गण्डकी गाँउपालिकामा ९ जना तथा नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाँउपालिकामा ४ जना संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !