२३ बैशाख २०८१, आइतबार

इटली र स्पेन भन्दा भारतमा धेरै कोरोना संक्रमण

प्रकाशित मिति :  7 June, 2020 8:04 am


काठमाडौ, २५ जेठ ।

भारतले कोरोना संक्रमणमा इटली र स्पेनलाई पनि उछिनेको छ । भारतमा संक्रमण दर तिब्र फैलिएको छ र इटली र स्पेनलाई पछि पार्दै विश्वको सबैभन्दा धेरै संक्रमित मध्य ५ औं मुलुक बनेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ । जबकी स्पेनमा २ लाख ४१ हजार ३ सय ३० र इटलीमा २ लाख ३४ हजार ८ सय १ छ ।

भारतमा अहिलेसम्म ६ हजार ६ सय ३९ जनाको कोरोनाका कारण ज्यान गएको छ । बेलायतमा मर्नेको संख्या यथावत छ । पछिल्लो २४ घण्टामा २ सय ४ जनाको मृत्यु भएको छ र कूल मर्नेको संख्या ४० हजार ५ सय ४८ पुगेको छ । १५५७ नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म कोरोनाबाट संक्रमित सबैभन्दा धेरै प्रभावित अमेरीका छ जहाँ १९ लाख भन्दा बढी संक्रमित र १ लाख ९ हजार भन्दा धेरैको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !