१३ बैशाख २०८१, बिहिबार

रोल्पामा पहिलो पटक कोरोना संक्रमण देखियो, सुनिलस्मृति गाँउपालिकामा २ जना संक्रमित

प्रकाशित मिति :  7 June, 2020 3:09 pm


रोल्पा, २५ जेठ

रोल्पामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

अस्पतालले सुनिल स्मृति गाँउपालिका वडा नम्बर ५ मा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

२० र २७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालले पुष्टिगरेको  छ । रोल्पामा पनि कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश ५ का सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !