१७ बैशाख २०८१, सोमबार

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता,डा. बाबुराम भट्टराई चौथो वरीयतामा

प्रकाशित मिति :  7 June, 2020 8:24 pm


काठमाडौं, २५ जेठ ।

समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगसम्म तीन अध्यक्ष राख्नेगरि पुगेका नेताहरुले दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई मात्रै राखेर दर्ता गराएका छन । डा. बाबुराम भट्टराईको नाम चौथो नम्बरमा राखिएको छ । यसअघि संघीय परिषद्को अध्यक्ष बनाउने सहमति भएको थियो ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याए लगत्तै दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति भएको थियो । अर्को दिन नै निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएपनि नेतृत्वमा सहमति जुट्न नसक्दा निर्वाचन आयोगमा पार्टी दर्ता हुन सकेको थिएन ।

आज अन्तिम समयसम्म पनि ठाकुर र यादवसँगै तीन अध्यक्ष राखेर दल दर्ता गर्ने सहमति भएको थियो । तर निर्वाचन आयोग पुगेका नेताहरुले अन्तिम समयमा भट्टराईको नाम हटाएर दल दर्ता गरेका छन् ।

विहान ९ बजेसम्मपनि बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहने सहमति थियो तर अन्तिममा दुबै दलका नेताहरु असमझदारी देखिएपछि भट्टराई पछि हटेका थिए । उनले अन्तिममा‘दल दर्ता जसरी पनि गर्नुपर्छ, मलाई पद चाहिएन जता राखेपनि राख्नुस्’ भनेर सहमतिको वातावरणका बनाएको एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस !