३ जेष्ठ २०८१, बिहिबार

कोरोना संक्रमित थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

प्रकाशित मिति :  8 June, 2020 7:47 am


कास्की, २६ जेठ । 

कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले स्याङ्जाका एक जनाको मृत्यु भएको पुष्टि गरको    छ ।

मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिकाका वडा नम्बर ३ का ५८ वर्षीय पुरुष रहेका छन् । उनलाई हिजो कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेशनमा भर्ना गरिएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गदै ती व्यक्तिमा मृगौलाको समस्या,उच्च रक्तचाप,डाईभेटिज लगायतका रोगको समस्या रहेको जनाएको छ । उनको गएराति ११ बजेर २५ बजे निधन भएको प्रतिष्ठानले जानकारी गराएको छ ।  यो गण्डकी प्रदेशमा कोरोना संक्रमित मृत्यु भएको पहिलो घटना हो ।

गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११५ पुगेको छ भने क्वारेन्टाइनमा ५३ सय ६३ जना रहेका छन् । आइसोलेशनमा १ सय ८ जना रहेकोमा एक जनाको मृत्यु भएको छ । कोरोना निको भएर घर फर्कनेको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस !