२० बैशाख २०८१, बिहिबार

दाङको राप्ती नदी किनारमा रहेका ४ वटा स्काभेटर आगजनी

प्रकाशित मिति :  8 June, 2020 12:59 pm


दाङ, २६ जेठ ।

दाङ देउखुरी स्थित राप्ती नदी किनारमा रहेका ४ वटा स्काभेटर माथि आगजनी भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर-१ जेठान स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू-कान्छाराम कन्ट्रक्सन प्रा.लि. ललितपुरको बा २ क ३१४८, बा २ क २२७१, बा २ क ४४८२ र एउटा अन्टेष्ट स्काभेटरमा गएराति आगजानी भएको हो ।

राती साढे १२ बजेतिर अज्ञात व्यक्तिले आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिए । आगजनीबाट ४ करोड रुपैया भन्दा बढीको क्षति भएको कम्पनीका सञ्चालक बलबहादुर चपाईले जानकारी दिए ।

कालाकाटे-गढवा हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएको कम्पनीसँग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चन्दा मागेको तर नदिएकोले उनीहरुले नै आगजनी गरेको हुन सक्ने सञ्चालक चपाईले आशंका गरेका छन् ।

आगजनीको जिम्मा अहिलेसम्म कसैले नलिएकाले आगजनी गर्ने व्यक्तिहरूको खोजी कार्य तथा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !