१३ बैशाख २०८१, बिहिबार

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको हत्या

प्रकाशित मिति :  9 June, 2020 8:04 am


रुपन्देही, २७ जेठ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१० कान्छीबजारमा रहेको पशु फर्ममा ५ जनाको हत्या भएको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रूपन्देही मुगिया बालापुरका ४० बर्षीय माधव मुसहर, उनको ३७ वर्षीय जानकी मुसहर,ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आसिष चौधरी रहेको प्रहरीले जनाएको छ ।

फर्ममा कार्यरत कामदारले  हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हत्या गरेको आशंकामा करिब २० वर्षको युवकलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हेम थापाले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !