२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  9 June, 2020 8:17 am


काठमाडौं, २७ जेठ ।

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विहान जारी गरेको विज्ञप्ति अनुसार प्रदेश भित्रका विभिन्न जिल्लामा २४ जना संक्रमित भेटिएका हुन् ।

नवलपरासी वर्दघाट सुस्ता पूर्वको बौदीकाली गाँउपालिका घर भएका १२ जना पुरुष,म्याग्दीको बेनी नगरपालिकामा १ जना र निसीखोला गाँउपालिकामा ३ जना, बागलुङ्को बोरेङ गाँउपालिकामा ८ जना पुरुषमा कोरना संक्रमणको पुष्टि भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !