२ जेष्ठ २०८१, बुधबार

कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकार असफल भएको भन्दै संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

प्रकाशित मिति :  9 June, 2020 11:55 am


काठमाडौं, २७ जेठ ।

नेपाली कांग्रेसले अब कोरोनाको लडाईंबाट सरकारले पार लगाउन नसक्ने जिकिर गर्दै अहिलेसम्म भएको हिसाब एक एक खर्च संसदमा पेश गर्न माग गरेको छ ।

कोरोनाका लागि भन्दै खर्च भएको १० अर्ब रुपैयाँको एक एक हिसाब संसदमा पेश गर्न माग गर्दै चित्त नबुझे संसद चल्न नदिने चेतावनी दिएको छ ।

कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभामा समय लिएर बोल्दै अहिलेसम्म नेपाली कांग्रेसले सहयोग गरेको भन्दै अब सहयोग गछौं भनेर मात्रै नबस्ने स्पष्ट पारे । यस्तो महामारी संकटका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै सांसद थापाले अब एक एक हिसाब खोल्ने बताए ।

उनले भने,‘अहिलेसम्म हामीले सरकारलाई सहयोग गर्छौैं भन्यौं तर हामीले सहयोग गछौं भनेर मात्रै अब बस्दैनौं । प्रश्न गछौं र एक एकको जवाफ चाहियो । कांग्रेसले अब सरकारलाई सुत्न दिदैन उत्तरदायी बनाउँछ ।’ विदेशमा बस्ने नेपाली र क्वारेन्टाइनमा रहेकाको विजोग भएको भन्दै सरकारले वेस्था गरेको आरोप लगाए ।

आरडीटी भरोसा योग्य छैन भन्दाभन्दै पनि कसले प्रयोग गर्न भन्यो र प्रयोग गरेको भन्दै थापाले भने,‘ यो अपराधको जिम्मा कसले लिने हो ?’ यतिका समयसम्म लकडाउन गर्दापनि सरकारले कुनै तयारी नगरेको आरोप लगाउँदै सांसद थापाले अब चित्त नबुझेसम्म संसद अवरुद्ध गर्ने चेतावनी दिए ।

उनले भने,‘ हामीलाई कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक आएर एक एक जानकारी दिनुपर्छ र हामीलाई चित्त बुझेन भने प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ । हामीले रेकर्ड गराएका छौं हामीलाई चित्त बुझेन भने प्रकृया अगाडी बढ्दैन ।’



प्रतिक्रिया दिनुहोस !