१७ बैशाख २०८१, सोमबार

रोल्पाको रुन्टीगढी गाउँपालिकाले ५७ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने

प्रकाशित मिति :  9 June, 2020 7:02 pm


रोल्पा, २७ जेठ ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाले ५७ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ ।

रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ४३ लाखको बजेट ल्याउने तयारी गरेको हो । बजेट श्रोत तथा सीमा निर्धारण समितिले गरेको सिफारिसलाई स्वीकृत गदै गाउँपालिकाको आज बसेको बैठकले बजेट सीमा स्वीकृत गरेको हो ।

गाँउपालिकाले संघीय सरकारबाट प्राप्त४१ करोड ४७ लाख रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख रुपैयाँ, आन्तरिक श्रोतबाट २ करोड ७५ लाख, वित्तीय हस्तान्तरण बाट ५ करोड ७४ लाख रुपैयाँ बजेट अनुमान गरेको छ ।

आगामी असार ५ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट ल्याउने तयारीमा रहेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी    दिए ।

विभिन्न विषय गत समितिको बैठक, वस्ति स्तरको छलफल र वडा समितिहरुको छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी जी.एम.ले जानकारी गराए ।  यस वर्षको बजेटले स्वास्थय, शिक्षा ,कृषि, रोजगारी र पर्यटन क्षेत्रमा प्राथमिकता दिने गाउँपालिका पर्यटन फोकल पर्सन दीपक डाँगीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !