१५ बैशाख २०८१, शनिबार

असार १ गतेदेखि घरबाटै शिक्षण सिकाइ सुरु हुन्छ : शिक्षा मन्त्री पोख्रेल

प्रकाशित मिति :  9 June, 2020 7:20 pm


काठमाडौं, २७ जेठ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले असार १ गतेदेखि विद्यार्थीलाई घरबाटै शिक्षण सिकाइ सुरु गर्ने बताएका छन् ।

तयारी अन्तिम चरणमा पुगेको भन्दै सम्भव भएसम्मका प्रविधिको प्रयोग गरेर असार १ गतेदेखि घरबाटै पठानपाठन हुने जानकारी दिए ।सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि जवाफ दिँदै आज प्रतिनिधिसभा संसद बैठकमा शिक्षामन्त्री पोखरेलले वैकल्पिक प्रणालीबाट विद्यार्थीलाई पढाउने तयारी भएको बताएका हुन् ।

उनले भने,‘परिवेश अनुकूल हुने गरी सिकाइ निरन्तरताको तयारी गरिएको छ । रेडियो,अनलाइन,टिभी जेबाट सम्भव हुन्छ त्यसबाट सिकाइ निरन्तरता गरिन्छ।’

उनले कक्षा १०, ११ र १२ तथा विभिन्न विश्वविद्यालयमा स्थगित परीक्षा उपयुक्त समयमा सुरू गरिने मन्त्री पोख्रेलको भनाई छ । उनले कोरोना महामारीका बेला पनि शिक्षा क्षेत्रमा केही बजेट वृद्धि हुनु सकरात्मक भएको बताए।



प्रतिक्रिया दिनुहोस !