२४ बैशाख २०८१, सोमबार

संविधान संसोधन विधेयक प्रतिनिधि सभाद्धारा स्वीकृत, संसोधन प्रकृया अगाडि बढ्यो

प्रकाशित मिति :  9 June, 2020 9:02 pm


काठमाडौं, २७ जेठ । 

नेपालको नयाँ नक्शा अनुसार निशान छाप परिवर्तनका लागि प्रतिनिधि सभामा पेश भएको संविधान संसोधन विधेयक  सर्वसम्मत स्वीकृत भएको छ ।

विधेयकको स्वीकृतीसँगै संशोधन प्रकृया अगाडि बढेको छ। अब सरकारले ल्याएको संशोधन विधेयकमा संशोधन गर्न सांसदहरुले ७२ घण्टाको समय पाउनेछन्।

संविधान संसोधन विधेयक प्रस्ताव विचार गरियोस् भन्ने कानून मन्त्री तुम्बाहाङ्फेको प्रस्तावमाथी सांसदहरुले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संसोधनको समर्थनको घोषणा गरका थिए ।

यसअघि सरकारले नक्शा जारी गरेको थियो । नक्शा अनुसारको निशान छाप संसोधनका लागि सरकारले संसदमा विधेयक दर्ता गराएको  थियो ।  म्पियाधुरा,कालापानी र लिपुलेकसहित नक्शा समेटिएका निशान छापका लागि दर्ता भएको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको छ ।

संसदमा विधेयकमाथी उठेको प्रश्नको जवाफ दिदै कानून मन्त्र शिवमाया तुम्वाहाङ्फेले भनिन्,‘ हाम्रो भूभाग हामीले फिर्ता लिएरै छोड्छौं,त्यो भूभाग हाम्रो हो । हामी यो उपभोग गरेरै छोड्छौं ।’



प्रतिक्रिया दिनुहोस !