७ बैशाख २०८१, शुक्रबार

सडकमा विद्यार्थीको नारा,’सरकार संसदबाट एमसीसी पास गर्ने दाउँमा छ !’ (फोटो फिचर)

प्रकाशित मिति :  10 June, 2020 11:17 am


अर्थ मन्त्री युवराज खतिवडाले विगत तीन वर्षदेखि अमेरिकी सहयोग प्रतिष्ठान (एमसीसी) कार्यक्रम संचालनमा रहेको बताएका छन् । अर्थमन्त्रीले निरन्तर एमसीसी बजेट विनियोजन गरेको संसदबाटै भनिरहँदा नेकपाको मनसाय जसरी पनि पास गरेरै छाड्ने रहेको विश्लेषण पनि आइरहेको छ। सरकारकै नेत्तृत्व गरिरहेको नेकपाको विद्यार्थी सँगठनसहित  विभिन्न पार्टी सम्वद्ध युवा विद्यार्थी तथा युवा संगठन भने दिनहुँ एमसीसी विरुद्ध सडकमा छन्। प्रहरीसँग पौंठेजोरी खेलिरहेका छन्। मंगलबार बालुवाटारको प्रदर्शनले अन्तर्राष्ट्रिय चर्चा कमाइरहँदा माइतिघर मण्डलामा विद्यार्थीका टाउकोमा प्रहरीको लाठी बज्रदै थियो।
शब्द/तस्वीर; असिम थापा
काठमाडाैकाे माइतिङर मण्डला नजिक विद्यार्थी संगठनहरूकाे संयुक्त प्रर्दशनी
प्रदर्शनकारीलाइ कठालाेमा समाएर लैजादै प्रहरी ।
प्रहरीकाे लाठीबाट व्यहाेस् विद्यार्थी उपचारकाे लागि लगिदै ।
विद्यार्थी पक्राउ गरिदै ।
राष्ट्रि झन्डा बाेकेर प्रदर्शनमा उत्रिएका विद्यार्थी
बीर अस्पतालनकाे ट्रमा सेन्टरमा उपचार गराउँदै विद्यार्थी । उनी मंगलबारकाे प्रदर्शनीमा प्रहरीकाे लाठी प्रहार बाट घाइते भएका हुन् ।
एमसीसी लेखिकाे कागज जलाउने तयारीमा प्रदर्शनकारी ।
एमसीसी लेखिकाे कागज सल्काउँदै प्रदर्शनकारी ।
प्रतिकात्मक रूपमा एमसीसी जलाउँदै विद्यार्थी ।
विराेध प्रदर्शनमा विद्यार्थी ।
प्रतिकात्मक रूपमा एमसीसी च्यात्दै विद्यार्थी ।
राष्ट्रिय झन्डा सहित प्रदर्शनमा उत्रिका विद्यार्थी ।

 



प्रतिक्रिया दिनुहोस !