८ जेष्ठ २०८१, मंगलबार

रोल्पामा थप एक जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  10 June, 2020 2:46 pm


रोल्पा, २८ जेठ ।

रोल्पामा थप एक जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाको सुनिल स्मृति गाँउपालिका वडा नम्बर ८ का २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । सुनिल स्मृति गाँउपालिकामै यसअघि ३ जना पुरुषका कोरोना संक्रमित देखिएका थिए ।

रोल्पामा पहिलो पटक जेठ २५ गते कोरोना संक्रमण देखिएको थियो। बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमै सुनिल स्मृति गाँउपालिका वडा नम्बर ५ मा २ जना र वडा नम्बर ६ मा एक जना पुरुषमा एक जना कोरोना संक्रमण देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !