२२ बैशाख २०८१, शनिबार

दबाव बढ्दै गएपछि लकडाउन खुकुलो बनाउने सरकारको निर्णय,एसईई परीक्षा नहुने

प्रकाशित मिति :  10 June, 2020 10:41 pm


काठमाडौं, २८ जेठ । 

चौतर्फी दबाव बढ्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।

आज अबेर सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई सहजिकरण गर्दै आवश्यक सुरक्षा अपनाएर पसलहरु खुल्न दिने र निजी सवारी साधनहरुलाई खुल्ला गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा लकडाउन उल्लघंन हुन थालेको थियो भने व्यापारीहरुले स्वातस्फूर्त रुपमा पसलहरु खोल्न थालेका थिए । दबाव बढ्दै गएपछि सरकारले लकडाउनको ढाँचामा हेरफेर गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

यस्तै यस बर्षको एसईई परीक्षा पनि नलिने निर्णय गरेको छ । बैठकले विद्यालयको आन्तरिक मुल्याङ्कनलाई नै औपचारिक मान्यता दिने दिने निर्णय गर्दै यस बर्ष एसईई नलिने निर्णय गरेको हो । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र त्यसैका आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने छ ।

पछिल्लो पटक थपिएको लकडाउन जेठ ३२ गतेसम्म छ । सरकारले फेरिएको लकडाउनको ढाँचा भने पूर्ण रुपमा सार्वजनिक गरिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !