२२ बैशाख २०८१, शनिबार

अमेरीकामा कोरोना संक्रमितको संख्या २० लाख नजिक,चुनावी र्याली गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

प्रकाशित मिति :  11 June, 2020 8:04 am


काठमाडौं, २९ जेठ ।

अमेरीकामा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार १९ लाख ९९ हजार ५ सय ५२ जना कोरोना संक्रमित भेटिएका छन् । मृतकको संख्या १ लाख १२ हजार ८ सय ९५ पुगेको छ । कोरोना संक्रमण यथावत रहेका बेला अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली गर्ने घोषणा गरेका छन् ।

उनले कम्तिमा ४ राज्यमा चुनावी ¥याली गर्ने घोषणा गरेका हुन् । कोरोना भाइरसको प्रकोप फैलिएपछि ३ महिना अघि चुनावी र्याली स्थगित गरिएको थियो ।

ह्वाईटहाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले ओकाहोमा, प्लोरिडा,एरिजोना र उत्तरी केरोलिनाबाट र्याली सुरु गर्ने बताएका छन् । पहिलो र्याली आउँदो शुक्रबार हुने सीएनएसले जनाएको छ ।

तर उनले र्याली आयोजनाका क्रममा कोरोना संक्रमण रोक्नका लागि वा खतरा क मगर्नका लागि के गर्ने छन् भन्ने विषयमा भने केही प्रष्ट पारेका छैनन् । यस पटक ट्रम्पको प्रतिष्प्रधा डेमोक्रेट पार्टीका नेता जोड बिडेनसँग छ । अमेरीकामा यसै नोमेम्बरमा राष्ट्रपति पदका लागि चुनाव   हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !