२ जेष्ठ २०८१, बुधबार

भेरी अस्पताल प्रयोगशालाले अछामकी कोरोना संक्रमित महिलालाई रोल्पाको भनेपछि…

प्रकाशित मिति :  11 June, 2020 9:52 am


काठमाडौं, २९ जेठ ।

भेरी अस्पतालले कोरोना संक्रमितको नाम र ठेगानामा त्रुटी गरेको पाईएको छ ।

अस्पतालको प्रयोगशालाले रोल्पाको सुनिल स्मृति गाँउपालिका वडा नम्बर ८ कि २५ वर्षीय महिलामा कारोना संक्रमण देखिएको भन्दै रिपोर्ट सार्वजनिक गर्यो । हिजो २ः३० बजेको रिपोर्टमा बाँकेका तीन र बर्दियाका १ जनासँगै रोल्पाका १ जनामा कोरोना संक्रमण भेटिएको उल्लेख छ ।

बेलुकी सवा ४ बजेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बाँके र बर्दियाका संक्रमितको संख्या उच्चरण गरे तर रोल्पाको उच्चारण गरेनन् । तर, आफ्नो सामाजिक सञ्जालमा नियमित अपडेट रहँदै आएको भेरी अस्पतालले यो समाचार तयार पार्दासम्म यसबारे बोलेको छैन । तर, भेरी अस्पतालकै रिपोर्टलाई आधार मान्दै भर्खरै संक्रमण सुरु भएको रोल्पाबारे सञ्चार माध्याममा समाचारहरु सार्वजनिक भए । लुम्बिनी सञ्चारले पनि भेरी अस्पतालकै रिपोर्टलाई आधार मानेर समाचार लेखेको थियो ।

सुनिलस्मृति गाँउपालिकाको अध्यक्षको सचिवालयले सामाजिक फेसबुकमा गराएको जानकारी

आज बिहान विहान ९ः१६ मा सुनिल स्मृति गाँउपालिकाको अध्यक्षको सचिवालयले भन्यो,‘सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ कि २५ वर्षीय महिलामा कोरोना पोजेटिभ भनी आएको समाचार प्रति बिश्वास नगर्न आग्रह उक्त पोजेटिभ देखिएकि महिला अछाम जिल्लाको रहेको सबैमा जानकारी गराउँदछु ।’ तर समाचारमा गलत भन्दा पनि भेरी अस्पतालले नै सूचना प्रवाहमा त्रुटी गरेको पाईएको छ ।

भेरी अस्पतालले हिजो २ः३० मा सार्वजनिक गरेको रिपोर्ट । जसमा संक्रमित रोल्पाको भनिएको छ तर संक्रमित अछामको भएको खुलेको छ ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले लुम्बिनी सञ्चारसँगको कुराकानीमा सूचना प्रवाहमा  त्रुटी भएको स्वीकार गरे । उनले भने,‘अछामकी एक महिला जो कोरोना संक्रमति र १८ हप्ताको गर्भवती थिईन् उनको अप्रेशन भएको थियो तर त्यहाँ सूचना प्रवाहमा केही कमजोरी भयो ।’ डा. थापाले यसबारे सम्बन्धित गाँउपालिकालाई जानकारी गराईसकेको बताए ।

अहिलेसम्म रोल्पाको सुनिल स्मृति गाँउपालिकामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अन्य ठाँउमा भने संक्रमण देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस !