२५ बैशाख २०८१, मंगलबार

सरकारविरुद्ध बालुवाटार र नक्सालमा प्रर्दशन

प्रकाशित मिति :  11 June, 2020 1:01 pm


काठमाडौं, २९ जेठ । 

लकडाउनपछि सरकार विरुद्ध ठूलो समूहमा प्रर्दशन भएको छ । सरकारको पछिल्लो रबैया ठिक नभएको भन्दै काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा युवाहरु स्वातस्फूर्त प्रर्दशनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले तितरवितर बनाउन अश्रु ग्याँस र हानेको छ ।

आजको प्रर्दशन लकडाउनपछिको सबैभन्दा ठूलो प्रर्दशन हो । योबीचमा फाट्टफुट्ट प्रर्दशन भएपछि यति ठूलो समूहमा अहिलेसम्म प्रर्दशन भएको पहिलो चोटी भएको प्रर्दशनकारीले जनाएका छन् ।

पछिल्लो समय महामारीको बेला स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको, कोरोना संकट समाधानका लागि गम्भीर नभएको, जातीय विभेद्का कारण रुकुमा युवाहरुको हत्या भएको लगायतका मुद्धाबारे सडकमा प्रर्दशन हुँदै आएको छ । हिजो पनि बालुवाटारमा प्रर्दशन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !