२ जेष्ठ २०८१, बुधबार

रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुग्यो

प्रकाशित मिति :  11 June, 2020 2:33 pm


काठमाडौं, २९ जेठ ।

रोल्पामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ  । बाँकेको भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आज एकै दिन १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्य १३ जना पुरुष र १ जना महिला रहेका छन् । संक्रमित सबै सुनिलस्मृति गाँउपालिकाका रहेका भेरी अस्पतालले जनाएको छ । जसमा वडा नम्बर ४ का १ महिलासहित ८ जना छन् भने वडा नम्बर ८ का ४ जना छन् । संक्रमित मध्य एक जना ७ वर्षीय बालक रहेका छन् ।

त्यस्तै वडा नम्बर ७ का एक जना छन् । प्रदेश नम्बर ५ मा सबैभन्दा पछि कोरोना संक्रमण देखिएको रोल्पामा एकै दिन १४ जनामा संक्रमण पुष्टि भएको पहिलो पटक हो । यसअघि सुनिलस्मृति गाँउपालिकामै ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस !