२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा ३७ जना  कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  12 June, 2020 7:37 am


काठमाडौं,३० जेठ ।

गण्डकी प्रदेशमा ३७ जना  कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित अनुसार पर्वतको कुश्मा नगरपालिकामा १० जना,पैयु गाँउपालिकामा १ जना,बिहादी गाँउपालिकामा १ जना र पालिका नखुलेको १ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै स्याङ्जाको गल्याङ नगरपालिकामा १८ जना, अर्जुन चौपारी गाँउपालिकमा १ जना र पालिका नखुलेका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । त्यस्तै तनहुँको घिरिङ गाँउपालिकामा १ जना नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिकामा १ जना संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !