२५ बैशाख २०८१, मंगलबार

बर्दियामा १५ र बाँकेमा १ जना थप कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  12 June, 2020 1:55 pm


काठमाडौं,३० जेठ ।

बर्दियामा १५ र बाँकेमा १ जना थप कोरोना संक्रमित भेटिएका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको बढैयाताल -२ का ६ जना, बढैयाताल- १ का २ जना, बढैयाताल- ७ का १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै गुलरिया-२ का १ जना, गुलरिया -८ का १ जना,गुलरिया -४ का १ जना र गुलरिया- ५ का एक जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको अस्पतालले जारी गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै मधुवन- ६ मा १ जना, मधुवन -४ मा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । बाँके खजुरा-७ का १ जनामा पनि कारोना संक्रमणको पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !