२० बैशाख २०८१, बिहिबार

प्रतिनिधि सभाको बैठक १* बजे,नयाँ नक्शा समावेशका लागि संविधान संसोधन विधेयक पारित गर्ने कार्यसूची तय

प्रकाशित मिति :  13 June, 2020 7:36 am


काठमाडौं,३१ जेठ ।

प्रतिनिधिसभामा सभाले आज संविधान (दोस्रो संसोधन) विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सरकारले जारी गरेको नयाँ नक्शा अनुसारको निशान छाप संसोधनका विधेयक पारित गर्न लागिएको हो ।

नेपालको संविधान-२०७२ को अनुसूची ३ मा रहेको निशान छापमा लिम्पियधुरा,कालापानी,लिपुलेकको भूभागसहितको नक्शा छैन । सरकारले यि भूभागलाई समेटेर नक्शा जारी गरेपछि त्यसै अनुसार निशान छाप परिवर्तन गर्न लागिएको हो ।

प्रतिनिधि सभाले संविधान दोस्रो संसोधन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने छ । विधेयक दुबै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लिम्पियाधुरा,कालापानी,लिपुलेकसहितको भूभाग रहेको निशान छाप औपचारिक रुपमा प्रयोगमा आउने छ ।

आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून,न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेको प्रस्तावपछि नेपालको संविधान(दोस्रो संसोधन) विधेयकमाथी सुरुमा दफावार छलफल हुने छ र त्यसपछि पारित हुने छ ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले जेठ ५ गते नेपालको लिम्पियाधुरा,कालापानी,पिलुलेक समावेश गरेको नयाँ नक्शा स्वीकृत गरेको थियो ।
स्वीकृत नक्शा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयमै नियमित पत्रकार सम्मेलन गरेर जेठ ७ गते सार्वजनिक गरेकी थिईन् ।

नयाँ नक्शा अनुसार निशान छाप संसोधन दर्ता गराउन सरकारले जेठ ९ गते संविधान संसोधन विधेयक संसदमा दर्ता गराएको थियो । भारत सरकारले नेपाली भूमिमा सडक बनाएर उद्घाटन गरेको सार्वजनिक गरेलगत्तै नेपाल सरकारले नयाँ नक्शाको प्रकृया अपनाएको थियो ।

*समय गलत उल्लेख भएकाले सच्चाइएको छ । 



प्रतिक्रिया दिनुहोस !