६ जेष्ठ २०८१, आइतबार

सरकार विरुद्ध सडकमा प्रर्दशन जारी

प्रकाशित मिति :  13 June, 2020 11:41 am


काठमाडौं,३१ जेठ ।

सरकार विरुद्ध आजपनि सडकमा प्रर्दशनहरु जारी छ । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले प्रर्दशन गरेका छन् ।

सरकार भ्रष्टचारमा डुबेको, कोरोना नियन्त्रण गर्न असफल भएको, आरडीटी बन्द परीक्षण बन्द गरेर पीसीआर परीक्षण बढाउनुपर्ने लगायतका माग राखेर युवापंक्ति प्रर्दशनमा उत्रिएको हो ।

प्रर्दशनकारी सडकमा बढ्न थालेपछि गृह मन्त्रालयले तीन अघि मात्रै कारवाही गर्ने चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो । तर, चेतावनीपछि पनि प्रर्दशनकारीहरु सकडमा उत्रिएका छन् । पछिल्लो समय प्रर्दशन देशभर फैलिएको छ ।

आज संसदबाट लिम्पियाधुरा,कालापानी,लिपुलेकसहितको नेपालको नयाँ नक्शा अनुसार संविधान संसोधन हुन लागेकाले प्रर्दशन रोक्न आवाज उठेपनि प्रर्दशनकारीहरु सडकमा ओर्लिएका छन् ।

सरकार विराधी प्रदर्शनः सामाजिक सञ्जालमा प्रदर्शनकारीमाथि गालीकाे वर्षा, पाँच विदेशी पक्राउ



प्रतिक्रिया दिनुहोस !