८ जेष्ठ २०८१, मंगलबार

रोल्पामा थप १७* जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३४* पुग्यो

प्रकाशित मिति :  13 June, 2020 1:15 pm


रोल्पा,३१ जेठ ।

रोल्पामा कोरोना १७ जनामा थप कोरोना संक्रमणको पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा रोल्पा नगरपालिका -१ बामरुकमा ५ जना र सुनिलस्मृति गाँउपालिकामा १२ जना कोरोना संक्रमितको पुष्टि भएको हो ।

यो संगै रोल्पामा संक्रमितको संख्या ३४  पुगेको छ । यसअघि भेटिएका सबै १७ जना सुनिलस्मृति गाँउपालिकाका थिए । रोल्पा नगरपालिकामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

*थपिएको संख्यासहित



प्रतिक्रिया दिनुहोस !