११ बैशाख २०८१, मंगलबार

राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता : प्रचण्ड

प्रकाशित मिति :  13 June, 2020 2:27 pm


काठमाडौं,३१ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि गणतन्त्रमा फिर्ता लिने ठाउँमा आएको बताएका छन् ।

केहीले अहिलेपनि राजनीतिक दलले देश चलाउन सक्दैनन् भन्दै प्ले कार्ड बोकेर पूर्व सामन्तिहरु ल्याउनुपर्छ भनेर हिडेको टिप्पणी गर्दै उनले धमिलो पानीका माछा मर्ने प्रयास नगर्न चेतावनी दिए । अध्यक्ष प्रचण्डले स्मरण गराए राजतन्त्रले गुमाएको नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन्।

प्रचण्डले भने,‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं । गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ ।’

यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि नभएको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको स्मरण गराए ।  उनले कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए। लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ थियो ।

समस्या सधैंका लागि समाधान गर्न सबै नेता गम्भीर भएको उनले स्पष्ट पारे । यो परिस्थिति आउनुअगाडि नै वार्ताबाट समस्या समाधान गर्न पाएको भए राम्रो हुने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘भारतसँग मित्रता चाहेका छौं। आवेगमा छैनौं। नक्सा जारी गर्नु भनेको भारतसँग दूरी बढाउनु होइन।’

प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको पनि स्पष्ट पारेका छन् । प्रचण्डले राष्ट्रिय सहमतिका लागि पनि अपिल गरेका छन्। उनले कोरोना संक्रमण लगायत सबै विषय समाधान गर्न सबै एक हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !