१९ बैशाख २०८१, बुधबार

विधेयक छिटो पास होस भन्ने लागेकोले धेरै बोल्दैन : कांग्रेस सभापति देउवा

प्रकाशित मिति :  13 June, 2020 2:44 pm


काठमाडौं,३१ जेठ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लपिुलेक,कालापानी, लिम्पियाधुरा नेपालको भएकोमा कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभामा बोल्दै उनले सुगौली सन्धिमा काली नदि नेपाल भारतको सीमाना प्रष्ट उल्लेख भएको भन्दै यसमा विवाद आवश्यक नभएको बताए । अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको पनि उनले प्रष्ट पारे ।

सभापति देउवाले देउवाले केन्द्रीय समितिले नै संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरिसकेकोले भूमि फिर्ता लिने कुरामा समर्थन रहेको उल्लेख गरे । बोल्ने कुरा धेरै भएपनि आज महत्वपूर्ण दिन भएकाले धेरै नबोल्ने उनको भनाई थियो । सभापति देउवाले भने,‘ म आजे यो संविधान संसोधन विधेयक छिटो पास होस भन्ने लागेकाले धेरै बोलिन ।’



प्रतिक्रिया दिनुहोस !