२० बैशाख २०८१, बिहिबार

संविधान संसोधन विधेयक पारित भएपछि भारतको प्रतिकृया,’वार्ता गर्ने वर्तमान समझदारी विपरित’

प्रकाशित मिति :  13 June, 2020 8:19 pm


काठमाडौं, ३१ जेठ । 

नेपालको नयाँ नक्शा समावेशका लागि प्रतिनिधि सभाबाट संविधान संसोधन विधेयक पारित भएपछि भारतले सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्ने समझदारी विपरित भएको टिप्पणी गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडिया ब्रिफिङमा नेपालको प्रतिनिधि सभाले नक्शा बदल्नका लागि संविधान संसोधन विधेयक पारित गरेको विषयलाई नेटिस गरेको र भारतको भूभाग परेको दाबी गरेका छन् ।

उनले यसबारे पहिले नै भारतको धारणा सार्वजनिक गरेको बताएका छन् । उनले भनेका छन्,‘हामीले नोटिस गर्यौं कि नेपालको प्रतिनिधि सभाले नेपालको नक्शा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ। हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं।’

नेपालको दाबीलाई प्रवक्ता श्रीवास्तवले नेपालको नक्शालाई कृतिम विस्तार भन्दै यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको टिप्पणी गरेका छन् ।

उनले सीमा क्षेत्रका बाँकी मुद्दाहरुको बारेमा वार्ता गर्ने वर्तमान समभदारीको उल्लघंन भएको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्,‘दावीको यो कृत्रिम विस्तार ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र उपयुक्त छैन। सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्ने हाम्रो वर्तमान समझदारीको पनि उल्लंघन हो ।



प्रतिक्रिया दिनुहोस !