२१ बैशाख २०८१, शुक्रबार

पर्वतमा भिषण वर्षापछिको पहिरोमा पुरिएका ५ जनाको शब फेला, ४ जना अझै बेपत्ता (अपडेट)

प्रकाशित मिति :  14 June, 2020 7:11 am


पर्वत,३२ जेठ ।  

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङको ढकालबारीमा शनिबार भिषण वर्षापछि गएको पहिरोमा बेपत्ता थप २ जनाको शब भेटिएको  छ । पुरिएका दिपा थापा र कमला विकको शब भेटिएको हो ।

पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीन कुमारी थापा र नातिनी विविशा थापाको शब हिजो साँझै फेला परेको थियो । अहिलेसम्म पहिरोमा पुरीएका ५ जनाको शब भेटिएको छ ।

बेपत्ता चार जनाको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् ।

अहिले विहानवाट उनीहरुको खोजी कार्य शुरु भएको कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्यले जानकारी दिए ।

हिजो साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिबाट पहिरो झरेको थियो ।  पहिरोले  २ घर बगाएको हो भने ६ वटा घर जोखिममा छन् ।

 



प्रतिक्रिया दिनुहोस !