२३ बैशाख २०८१, आइतबार

नक्शाबारे सरकार र संसद्को निर्णय देशको हितमा एक कदम अगाडिःविप्लव

प्रकाशित मिति :  14 June, 2020 11:03 am


????????????????????????????????????

काठमाडौं,३२ जेठ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्षका कारण वर्तमान सरकारले संसदबाट लिम्पियाधुरा,पिलुलेक,कालापानी समेटिएको नक्सा जारी गर्न बाध्य भएको बताएको छ ।

महासचिव विप्लवले आज विज्ञप्ती जारी गर्दै जनमत र सङ्घर्षको दबाबमा परेर वर्तमा केपी ओली नेतृत्वको सरकारले ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा संसबाट पास गर्न बाध्य भएको उल्लेख गरेका हुन् ।

सरकार र संसद्को यो निर्णय देशको हितमा एक कदम भए अगाडि बढेको भन्दै नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरह महासचिव विप्लवले सचेत गराएका छन् । उनले यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

लिम्पियाधुरा,लिपुलेक र कालापानीसमेटेर सरकारले निशानछाप परिवर्तन गर्न प्रतिनिधि सभाबाट संविधान संसोधन विधेयक पारित भएलगत्तै विप्लव नेतृत्व नेकपाको यस्तो प्रतिकृया आएको हो । संविधान संसोधन विधेयक हिजो प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको थियो ।

विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन्,‘सरकार र संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ । हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ ।’

महासचिव विप्लवले आमनागरिकहरू सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन अनुरोध गरेका छन् । आफ्नो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता महासचिव विप्लवको विज्ञप्तिमा छ ।



प्रतिक्रिया दिनुहोस !