२० बैशाख २०८१, बिहिबार

गाडी दुर्घटनामा गाँउपालिका अध्यक्षको मृत्यु

प्रकाशित मिति :  14 June, 2020 12:55 pm


दुर्घटना भएको अध्यक्ष शर्मा चढेको गाडी

रुपन्देही,३२ जेठ ।

नवलपरासी पश्चिमको प्रतापपुर गाँउपालिकाका अध्यक्ष राकुमार शर्माको गाडी दुर्घटनामा मृत्यु भएको छ ।

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी चढेको लु १ झ ३७० नम्बरको गाँउपालिकाको स्कारर्पियो बर्दघाट दुर्घटना भएको हो । गाडि बर्दघाटको लक्ष्मीनगर पुलबाट खोलामा खसेको थियो।

दुर्घटनामा घाईते शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय के.सीले जानकारी दिए ।

शर्मासँग गाडीमा रहेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !