१७ बैशाख २०८१, सोमबार

खेति ६ महिने बच्चा हुर्काए जस्तो संवेदनशील, कृषि बुझे आधा समस्या समाधानः मन्त्री भूसाल

प्रकाशित मिति :  17 June, 2020 7:34 pm


/fli6«o ;efsf] a’waf/sf] a}7sdf ljlgof]hg ljw]os,@)&& cGt{ut s[lif tyf kz’k+G5L ljsf; dGqfnodfly ;b:ox¿n] p7fPsf k|Zgx¿sf] pQ/ lb+b} s[lifdGqL 3gZofd e’;fn . t:jL/ M /Tg >]i7 ÷ /f;;
राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक,२०७७ अन्तर्गत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि सदस्यहरूले उठाएका प्रश्नहरूको उत्तर दिंदै कृषिमन्त्री घनश्याम भुसाल ।

अम्बिका शर्मा

काठमाडौं, ३ असार ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालले वर्षौंदेखि कृषिको मर्म नबुझ्दा अर्थतन्त्र आयातमूखि र कृषकका सन्तान विदेशिनु परेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभामा बोल्दै भूसालले कृषि कर्म ६ महिनाको बच्चालाई हुर्काए जस्तो संवेदनशील रहेको र सबैले यति मर्मलाई बुझेमा कृषि विकासमा देखिएका आधा समस्या समाधान हुने भन्त्री भूसालको भनाइछ ।

‘विरुवासँग ६ महिनाको बच्चा जस्तो बच्चासँगको जस्तो भावनात्मक लगानी हुुन्छ,’ संसदहरुले उठाएको प्रश्नको उत्तरदिंदै उनले भने, ‘यसरी हुर्काएको बालीको नाफा भन्ने होइन, किसानले दुई छाक खाएर पनि न्युनतम बचतको व्यवस्था गर्ने भनेका छौं ।’

सन् १९९० देखि हरेक चीज बजारलाई छाड्नुपर्छ भन्ने आयातित विचारलाई लागू गर्न खोज्दा कृषि पछि परेको र अब यसलाई सुधार्न जग बसीसकेको उनको भनाइ छ ।

‘एकातिर आर्टिफेसियल इन्डस्ट्रिको कुरा गयौं तर गाउँमा हाम्रा छोराछोरीहरु एक पेट राम्ररी खान नपाएर सहर पस्दै थिए,’ उनले भने, ‘सहरमा केही थिएन र तिनीहरु मुग्लान पस्दै थिए, हामीले यो सन्दर्भलाई छाडेयौं भने अब पनि केही गर्न सक्दैनौं ।’

राज्यले विगतमा भएका कमी कमजोरी सुधार्दै समस्या समाधानको जिम्मा लिनपर्ने तर्क भूसालको छ । संरक्षित कृषि, सुनिश्चित बचतको अवधारणा अनुरुप किसानको न्युनतम बचत हुने गरि सरकारले काम अगाडि बढाइ सकेको र यसको विकल्प नभएको उनले बताए ।

‘जिम्मा लिएन भने हामी लोकतान्त्रिक मुलुक भन्न सुहाउदैन, राज्यले व्यवस्था गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘लागतलाई कम गर्ने, मल, बीउ, पानी, बीजुली, ऋण सस्तो बनाउने हो, बीमाको व्यवस्था र गाउँघरमै प्राविधिक पु¥याउनु पर्नेछ,’

कृषि कर्म गरेर बाँच्नका लागि कृषकलाई बाँच्ने वातावरण बनाउनु बनाउन सबै खर्च कटाएर कम्तिमा एक किसान परिवारले ३२ हजार रकम बचत गने वातावरण बनाउनुपर्ने भूसालले बताए । अध्ययनको आधारमा आएको यो तथ्यसहित कृषि क्षेत्रको विकासका लागि आफू लागि परेको बताए ।



प्रतिक्रिया दिनुहोस !