६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिए,मनाङमा पहिलो पटक संक्रमण देखियो

प्रकाशित मिति :  18 June, 2020 8:19 am


काठमाडौं, ४ असार ।

गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले विहान जारी गरेको विज्ञप्ति अनुसार पहिलो पटक मनाङमा समेत कोरोना संक्रमित व्यक्ति भेटिएका छन् ।

निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा मध्यविन्दु नगरपालिकामा १७ जना,गैंडाकोट गाँउपालिकामा १ जना, तनुहुँको ऋषिङ गाँउपालिकामा ७ शुक्लागण्डकी नगरपालिकामा १ जना र भानु नगरपालिकामा ४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै मनाङको चामे गाँउपालिकामा कार्यरत एक जना कर्मचारीमा पनि संक्रमित भएका छन् । उनी बाडगंगा —१४ कपिलवस्तु स्थायी ठेगाना भएको निर्देशनालयले जनाएको छ । मनाङमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना, शहिद लगन गाँउपालिकामा ४ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिकामा २ जना, मोदी गाँउपालिकामा १ जना, फलेवास नगरपालिकामा २ जनामा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !