२१ बैशाख २०८१, शुक्रबार

एमसीसीको विरोध गर्नेलाई प्रधानमन्त्रीको जवाफ,‘के यो देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ?’

प्रकाशित मिति :  18 June, 2020 5:15 pm


काठमाडौं, ४ असार । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नपढेरै अमेरीकी परियोजना एमसीसीको विरोध भईरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री ओलीले धेरैले लहलहैमा विरोध गरिरहेको दाबी गरे ।

उनले भने,‘पढेर त्यहाँ जे प्रबन्ध यहाँ यहाँ बेठिक छ भनेर भन्नु एउटा कुरा हो । लहलहैमा लौ अमेरीकी सेना आउने भयो रे । कहाँ पढ्छन् ? के पढ्छन् ? अचम्म लाग्छ मलाई । ’ उनले धेरै मान्छे अरुको लहलहैमा लागेर विरोधमा उत्रिएको प्रधानमन्त्रीको दाबी थियो ।

उनले भने,‘कागले कान लग्यो भन्दाखेरी लाँदा त दुख्छ होला नी अलिकति ? दुख्या छैन भने होईन होला भन्ने त थाहा पाउन परो नि पहिले । दुख्या छैन सुटुक्कै लगेछकी भन्ने परेछ भनेपनि छाम्न परो नि कान छ की छैन । दुख्यो दुखेन भनेरपनि वास्ता नगर्ने छ कि छैन पनि वास्ता   नगर्ने । अनि लहलहैमा कुद्ने । यो प्रविधि बडा अचम्म लाग्छ मलाई ।’

प्रधानमन्त्री ओलीले एससीसी विरोध गर्नेलाई विकास विरोधी भएको समेत टिप्पणी गरेका छन् । उनले भने,‘के यो देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ? ठिकै छ यस विषयमा माननीय ज्यू समक्ष आफ्ना विचार अर्को कुनै समय राख्नेछु ।’

एससीसी सदनमा छलफलका लागि आउने प्रधानमन्त्रीको भनाई छ । उनले छलफलका लागि कुनै सदस्यलाई पार्टीले व्हिप नलगाउने संकेत गरे । उनले भने,‘विचारका लागि छलफलका लागि निषेध र ह्विप जारी गर्दैन । म अध्यक्ष रहेको पार्टीले कहिलेकाहिँ मतदानका लागि ह्विपजारी गर्न सक्छ ।कहिलकाही त्यो पनि गर्दैन ।’ उनले कुनैपनि परियोजना वा अनुदान देशको हितमा हुने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !