२४ बैशाख २०८१, सोमबार

शुरुमै कमजोरी गरेको ब्राजिल कोरोनाको तिब्र चपेटामा, संक्रमितको संख्या १० लाख नाघ्यो

प्रकाशित मिति :  20 June, 2020 8:02 am


काठमाडौं, ६ असार।

ब्राजिल कोरोना संक्रमणको तिब्र चपेटामा परेको छ । सुरुमा कारोना नियन्त्रणमा कमजोरी गरेको ब्राजिलमा पछिल्लो २४ घण्डटामा ५४ हजार ७ सय ७१ जना कोरोना संक्रमित भेटिएका छन् भने कूल संक्रमितको संख्या १० लाख नाघेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले १० लाख ३२ हजार ९ सय १३ जना कोरोना संक्रमित भएको पुष्टि गरेको हो । कोरोना संक्रमितको संख्या १० लाख पार गर्नेमा ब्राजिल विश्वको दोस्रो देश बनेको छ ।

लगातार एकै दिन १२ सय भन्दा बढीको ज्यान गएको छ भने मृतकको संख्या ४९ हजार नजिक पुगेको छ । ब्राजिलका विज्ञहरुले परीक्षणको कमीका कारण यो संख्या अझै थोरै भएको र आउँदो हप्तामा यो संख्या अझै तिब्र बढ्न सक्ने आँकलन गरेका छन् ।

ब्राजिलमा कोरोना भाइरसको विषयलाई लिएर सुरुमै मतभेद चर्किएको थियो । कोरोना भाइरस फैलावटलाई कसरी रोक्ने भन्ने विषयमा मतदभेद हुँदा राष्ट्रपति जान्यर बेलसेनरोले स्वास्थ्य मन्त्री लुइन्ज हैनरिक मडेटालाई बर्खास्त गरेका थिए ।

ब्राजिलका तत्कालिन स्वास्थ्य मन्त्रीले एक टेलिभिजन अन्तर्वातामा कोरोना संकट समाधानका लागि सरकार एकजुट भएर लड्नुपर्ने धारणा राखेका थिए जसलाई राष्ट्रपतिले सरकारको आलोचना मानेका थिए ।

स्वास्थ्य मन्त्री मनडेटाले नागरिकको जीवन रक्षाका लागि विश्वका अन्य देशका नागरिकबाट सिक्नुपर्न भन्दै लकडाउन लागु गर्ने गर्भनरहरुको प्रशंसा समेत गरेका थिए । तर, राष्ट्रपति बेलसोनारो स्वास्थ्य मन्त्रीको भनाईप्रति सहमत थिएनन् ।

उनले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भएका टिप्पणी गरेका थिए । राष्ट्रपतिको भनाईप्रति ब्राजिलमा विरोध भएको थियो ।

मदभेद चर्कदै गएपछि राष्ट्रपतिले स्वास्थ्यमन्त्री बर्खास्त गरेका थिए । सुरुमै कोरोना व्यवस्थापनबारे आन्तरिक विवादमा फसेको ब्राजिल अहिले अमेरीकापछि विश्वको सबैभन्दा बढी कोरोना प्रभावित मुलुक बनेको छ ।



प्रतिक्रिया दिनुहोस !