२२ बैशाख २०८१, शनिबार

छिमेकी मुलुक भारत र चीनबीचको तनावबारे नेपालको धारणा सार्वजनिक

प्रकाशित मिति :  20 June, 2020 7:46 pm


काठमाडौं, ६ असार ।

दुई छिमेकी मुलुक भारत र चीनबीच तनाव बढेका बेला नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

चीन र भारतबीच लद्दाखको सीमा क्षेत्रमा तनाव भईरहेका बेला पररारष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर विवादलाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाब दिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमार्फत नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनको आधारमा भारत र चीनलाई विवाद समधान गर्न आग्रह गरेको हो।

गत सोमबार राति भारत र चीनबीचको गल्वान उपत्यकामा दुई देशबीच भएको झडपमा एक कर्णेलसहित २० भारतीय सेनाको मृत्यु भएको थियो।

परराष्ट्र मन्त्रालयले भनेको छ,‘हाम्रा छिमेकीहरू भारत र चीनबीचको गलवान उपत्यका क्षेत्रमा हालै भएका घटनाक्रमहरूको सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी मुलुकहरू राम्रो छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र पक्षधरताको पक्षमा शान्तिमय माध्यमबाट समाधान गर्नेछन् ।’

भारत र चीनबीच मे महिनाको सुरुवातदेखि नै लद्दाखको सीमा क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको छ ।

चीनले भारतीय सैनिकले यसअघिको सहमतिविपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेपछि झडप भएको दाबी गरेको छ भने भारतले पनि सोही प्रकारको आरोप लगाएको छ ।

४५ वर्षपछि भारत—चीन सीमामा पहिलो पटक भारतीय सैनिकको मृत्यु भएको छ र त्यो पनि अप्रत्यासित रुपमा ठूलो संख्यामा मारिएका छन् । दुबै पक्षले वार्ता र शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्ने बताएपनि सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस !