१८ बैशाख २०८१, मंगलबार

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

प्रकाशित मिति :  22 June, 2020 2:53 pm


काठमाडौं, ८ असार ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं.१ को प्रदेशसभाको बैठक स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदले उठेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले पटक÷पटक सांसदहरुलाई बस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेका थिए ।

अवरोधपछि बोल्ने समय पाएका कांग्रेस सचेत केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने बताताए ।

उनले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गरे । सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौँ जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपरेको भन्दै विरोध जनाए ।

उनले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्ने माग गरे । कांग्रेस सांसदले अवरोध जारी राखेपछि दश मिटनका लागि स्थगन भएर पुनःशुरु भएपनि कांग्रेस सांसदले अवरोध गर्न छोडेनन् ।

भोलि सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वास प्राप्त भएको सूचनालाई पनि सांसदहरुले नमानेपछि असार ९ गते दिउँसो १ बजे संसद्को अर्को बैठक बस्ने गरि बैठक स्थगित भएको सभामुख भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !