एनसेलका डेटा प्याक लिँदा दुई लाखसम्मको बीमा सुरक्षा
काठमाडौँ । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् ।
नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन् ।
एनसेलका अनुसार रु ९९ को प्याक लिएमा ३ दिन समयसीमा रहेको यो प्याकमा सेवाग्राहीले १०० एमबी डेटा चलाउन पाउने छन् भने दुई लाख बराबरको म्यादी जीवन बीमा र दुई लाख बराबरको घातक रोग बीमा पाउने छन् ।
यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।
यसैगरी रु ३९ को प्याक पनि ३ दिनका लागि १०० एमबी डेटा प्रयोग गर्न पाइने भएको छ भने ५० हजार बराबरको म्यादी जीवन बीमा र ५० हजार बराबरको घातक रोग बीमा पाइने छ ।
दुबै स्किम अन्तर्गतका बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहने जनाइएको छ ।
ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन्। यी प्याकहरु ८१२३८४८६३ डायल गरेर पनि लिन सकिन्छ ।
प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस ९गम्भीर रोग० कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ ।
यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको “डाटासँगै जीवन बीमा” योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण यात्रा सुरु गरेको कम्पनीले जनाएको छ ।
“मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं । यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “मेटलाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौं । यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईं र तपाईंको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु हो ।”
एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । प्रत्येक नेपालीलाई आफ्ना सेवाहरुमार्फत जोड्दै कनेक्टिभीका लाभहरु प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आईरहेको छ ।
डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहादअन्तर्गत रहेको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो । रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ ।
एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो । आफ्नो स्थापना पश्चात कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ ।
कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षण जस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।
सन् १८६८ मा स्थापित भएको मेटलाइफको संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।









