१६ बैशाख २०८१, आइतबार

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दै, सदस्यहरुलाई एजेण्डाबारे जानकारी छैन

प्रकाशित मिति :  24 June, 2020 9:13 am


काठमाडौं, १० असार ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकको एजेण्डा भने अहिलेसम्म नपाएको स्थायी कमिटी सदस्यहरुको भनाई छ ।

पछिल्लो सत्तारुढक नेकपा भित्र पद बाँडफाड, एमसीसी, प्रधानमन्त्रीको कार्यशैलीबारे चर्को असन्तुष्टि छ ।

स्थायी कमिटी सदस्य मणी थापाले बैठकमा दुबै अध्यक्षले सल्लाह गरेर बैठकको एजेण्डा पेश गर्ने बताए । उनले भने,‘ अहिलेसम्म एजेण्डाबारे केही जानकारी छैन दुबै अध्यक्षले सल्लाह गरेर बैठकमा पेश गर्नुहुन्छ होला ।’

अमेरीकी सहयोग परियोजना एमसीसीबारे चर्को मदभेद छ भने  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग शक्ति बाँडफाँटका विषयमा पछिल्लो पटक गरेको सहमति पालना नगरेको भन्दै एक पंक्ति असन्तुष्ट छ ।

यसअघि पटक–पटक मिति तय गर्दै स्थगित हुँदै आएको छ । नेताहरु सरकार र पार्टी सञ्चालनको कार्यशैलीप्रति असन्तुष्ट छन् । यसअघि मंसिर २९ गतेदेखि एकहप्तासम्म स्थायी कमिटी बैठक बसेको थियो। बैठकबारे हिजो मात्रै अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग दुई घण्टा बढी बालुवाटारमा प्रचण्डले छलफल गरेका थिए ।

गत बैशाखमा सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको सर्वत्र विरोध भएको थियो।  विवादपछि स्थायी समितिका २० सदस्यले तत्काल बैठक राख्न माग गर्दै हस्ताक्षर संकलन गरी बुझाएका थिए।

दबाब बढेपछि बैशाखको २५ गते बैठक बस्ने तय भएपनि स्थगित भएको थियो। त्यसपछि ३१ गतेलाई तोकिएको बैठक पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थगित गरियो ।



प्रतिक्रिया दिनुहोस !